तेक्वान्दो खेलाडी पलेशा गोबर्धनको भव्य स्वागत

काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनको आज भव्य स्वागत गरिएको छ।

पेरिस पारालिम्पिक–२०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कास्य पदक जितेकी पलेशलाई बुधबार त्रिभुवन विमानास्थलमा भव्य स्वगत गरिएको हो।

पलेशालाई विमानस्थलामा बाजागाजासहित खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीले स्वागत गरेर नगरपरिक्रमा गराइएको हो । उनलाई गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, बागबजार, सहिदगेट, त्रिपुरेश्वरचोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा पुरेर बधाइ कार्यक्रम आयोजना गर्‍यो।

पारा ओलम्पिक अपांगता भएका खेलाडीहरूले खेल्ने सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here