सुनको भाउ १ लाख ५२ हजारमै स्थिर, चाँदी भने घट्यो

काठमाडौं। नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्य स्थिर रहेको छ । मंगलबार पनि सुनको भाउ स्थिर रहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। आज चाँदीको मूल्य भने घटेको छ। मंगलबार प्रतितोला १७ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १७ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

अघिल्लो दिनको तुलनामा चाँदीको भाउ प्रतितोला २० रूपैयाँ घटेको छ।