सार्वजनिक बिदा भन्दै गलत सूचना दिने एक व्यक्ति प्रहरीको नियन्त्रणमा

काठमाडौं । सार्वजनिक बिदा भन्दै गलत सूचना बनाएर सम्प्रेण गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको बताएको छ । उनको हाल सोधपुछ भइरहेको कार्यलयले जानकारी दिएको छ ।

उनले १९ भदौमा सार्वजनिक बिदा भन्दै गृहमन्त्रालयको लेटरहेडबाट गलत सूचना सम्प्रेषण गरेका हुन् ।

गलत सूचना सम्प्रेषण गरिएपछि प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पनि ती व्यक्तिको खोजी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here