काठमाडौं । निजी तथा सामुदायिक अस्पतालमा बिरामीलाई अनावश्यक रेफर भइरहेको भन्दै स्वास्थ्य बिमा बोर्डले चेतावनी दिएको छ। बोर्डले बुधबार सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पताललाई पत्रचार गर्दै यस्तो चेतावनी दिएको हो ।
साथै अस्पताल तथा चिकित्सकले संस्थामा सेवा प्रर्याप्तमात्रामा हुँदा पनि अनावश्यक रेफर गरेको पाइएको भन्दै अबदेखि रेफर गनुपर्ने भएमा अनिवार्य रुपमा कारण खुलाउन निर्देशन दिएको छ।
स्वास्थ्य बीमा ऐन २०७४, नियमावली २०७५, रिफरल कार्यविधि २०८०, कार्यावन्यनमा रहेको सुविधा थैली, दाबी समिक्षा निर्देशिका पहिलो संसोधन २०८१ र रयिल टाइम कार्यविधि २०८० विपरित निजी तथा सामुदायिक अस्पतालमा चिकित्सक सेवाको आचरण विपरित काम भइरहेको बोर्डले जनाएको छ ।
पत्रमा भनिएको छ ‘चिकित्सक सेवाको आचरणविपरीत अनावश्यक रुपमा रेफर गरेको पाइएको छ। अब उप्रान्त संस्थामा भइरहेको सेवालाई ख्याल नगरी अन्तै कतै रेफर गर्न पाइने छैन,’ रेफर गर्नु परेमा अनिवार्य कारण खुलाउन पर्ने छ।’
अनावश्यक रेफर गरेको पाइएमा दाबी मूल्यांकन तथा रुजु गर्दा रकम शोधभर्ना नगर्ने समेत बोर्डले चेतावनी दिएको छ ।

























