साताको अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि कमी

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ। कारोबार समयको सुरुवातिदेखि लगातार उत्तारचढाव गरिरहेको नेप्से अन्तिम समयमा १२ दशमलव१० अंकले घटेको हो । बजार २७ सय २७ को विन्दुमा झरेर बन्द भएको हो ।

आज कुल ३ सय १६ कम्पनीका २ करोड १ लाख ५३ हजार ९ सय ९३ कित्ता सेयर किनबेच भएको छ । जसबाट ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएकामध्ये लघुवित्त र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here