गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी

काठमाडौं । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ ।

७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको ट्रकमा आगलागी भएको हो।

बा १ ग ३४३६ नम्बरको सो ट्रक त्रिभुवन राजपथको दामन(शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका(४ कुर्सी मोडमा भएको आगलागीबाट पूर्ण रूपमा क्षति भएको छ ।

सापट भाच्चिएर डिजल ट्याङ्कीमा लागेर डिजल चुहिएपछि आगोलागी भएको बताइएको छ। ट्रकमा सवार १८ जना भने सकुसल छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here