बजाजको ‘क्यास सफारी’ अफर, विजेतलाई चितवन र केन्याको जंगल भ्रमणको अवसर

`
काठमाडौं, २१ भदौ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले बडा दशैँ, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । ‘हात हातमा हात्ती, लकमा लखपति’ को सन्देशसहित यसपालीको चाडपर्वमा विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।

बजाजको यस योजनाअन्तर्गत ग्राहकहरुले हरेक बजाजको खरिदमा अनिवार्य रुपमा रु. १ लाखसम्म क्यास जित्न सक्नेछन् भने साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जङ्गल सफारीको अवसर पाउनेछन् । त्यसैगरी बम्पर उपहारको रुपमामा एक जोडीले अफ्रिकी मुलुक केन्यामा जङ्गल सफारीको अवसर पाउनेछन् ।

कम्पनीका हेड अफ मार्केटिङ अमित राज चालिसले भने, “यस्ता स्किममार्फत ग्राहकलाई फरक किसिमको अनुभव प्रदान गर्नु बजाजको प्रतिबद्धता हो । यस वर्ष पनि बजाजले ग्राहकहरुको चाड विशेष बनाउने छ ।”

बजाजले ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आइरहेको छ । इजी फाइनान्स र ५० प्रतिशत डाउनपेमेन्टको अफर पनि यस चाडपर्वमा लागू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here