फोर्ड र महिन्द्रावीच ज्वाइन्ट भेञ्चर सम्झौता, निकट भविष्यमा विद्युतीय सवारीमा सहकार्य गर्दै

काठमाडौं, १७ असोज । फोर्ड मोटर महिन्द्रा एण्ड महिन्द्राले संयुक्त रुपमा (ज्वाइन्ट भेन्चर) काम गर्ने गरी एक सम्झौतामा हस्ताक्षर गरेका छन । यसअन्तर्गत दुवै कम्पनीका उत्पादनहरुलाई संयुक्त प्रयासमा प्रवद्र्धन गरिने छ ।

फोर्ड ब्राण्डका सवारी साधनहरुको भारतमा बजारीकण र बिक्रीवितरणमा संयुक्त प्रयास गरिने छ भने फोर्ड र महिन्द्रा एण्ड महिन्द्राका उत्पादन तीव्रगतिमा विकास भैराखेको अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गरिने छ ।

करीब २७ करोड ५० लाख अमेरिकी डलरको सो संयुक्त लगानीमा महिन्द्राको अंश ५१ प्रतिशत र फोर्डको ४९ प्रतिशत रहने छ । फोर्डको भारतमा भइरहेको बजार पनि संयुक्त लगानी भित्र आउने छ ।

सन् २०१७ सेप्टेम्बर देखि दुई कम्पनी बीच प्रारम्भ भएको प्रक्रियाले सन् २०२० मा दुई कम्पनीको सहमतिमा कारोवार गर्ने पूर्णता पाउने छ । दुवै कम्पनीको समान प्रतिनिधित्व हुने गरी महिन्द्राले कम्पनीको व्यवस्थापन गर्ने छ । ज्वाइन्ट भेञ्चरअन्तरगत फोर्ड ब्राण्डलाई भारतका साथै अन्तराष्ट्रिय बजारमा समेत प्रवद्र्धन गरिने छ ।

हाललाई आ–आफ्नै डिलरको नेटवर्कमार्फत काम गरे पनि दुवै कम्पनी एक आपसमा प्रवद्र्धनतर्फ सक्रिय रहने छन् । महिन्द्राको अनुभव र मूल्यमा आधारित इन्जिनियरिङ् र फोर्डको प्राविधिक विशेषज्ञता र अन्तराष्ट्रिय बजार पहुँचले नयाँ उपक्रमलाई सफलतातर्फ लैजानेमा दुवै कम्पनी विश्वस्त देखिएका छन् ।

दुवै कम्पनीको संयुक्त प्रयासमा भविष्यमा विद्युतीय सवारी साधन निर्माण गर्नेमा दुवै कम्पनीले सहमति गरेका छन् । फोर्ड कम्पनीको स्थापना १ सय १६ वर्ष अघि भएका थियो । यसले कार ट्रक आदि निर्माण गर्दै आएको छ । विश्वभर यसका १ लाख ९४ हजार कामदार छन् । यसका डिलरहरु विश्वव्यापी रुपमा छन् ।

त्यस्तै महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको विश्वव्यापी रुपमा २ लाख ४० हजार कामदार छन् भने १ सय भन्दा बढी मुलुकमा महिन्द्राका सवारी साधन पुगेका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here