१२ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार?

फाइलफोटो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। शुक्रबार हालसम्मकै उच्च विन्दु अर्थात प्रतितोला १ लाख ५३ हजार ३सय रुपैयाँ पुगेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको हो ।

शुक्रबारको तुलनामा सुन प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेर १७ सय ५० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here