मनास्लु संरक्षण क्षेत्र आउने पर्यटकसँग चुमनुब्री गाउँपालिकाले शुल्क उठाउने

_MG_0090.JPG

काठमाडौं । मनास्लु संरक्षण क्षेत्र (एमक्याप)भित्र आउने स्वदेशी तथा विदेशी पर्यटकसँग गोरखाको चुमनुब्री गाउँपालिकाले शुल्क उठाउने भएको छ । पालिकाले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

पालिकाको आर्थिक ऐन ०८१ अनुसार प्रतिव्यक्ति विदेशीसँग १ हजार र नेपालीसँग २ सय रुपैयाँ उठाउने निर्णय भएको छ ।

भदौ २० गते पालिकाका जनप्रतिनिधि, राजनीतिक दल, पर्यटन व्यवसायी तथा सरोकारवालासँग छलफल गरेर उक्त निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिएका छन् ।

हाल एमक्याप क्षेत्रमा जाने पर्यटकसँग सम्बन्धिन संरक्षण तथा निकुञ्ज ऐनबमोजिम राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले शुल्क उठाउँदै आएको छ ।

पालिकाले उठाएको पदयात्रा शुल्कबाट समग्र चुमनुब्री तथा मनास्लु संरक्षण क्षेत्रको वातावरण संरक्षण एवं पर्यटन क्षेत्र प्रवर्द्धनमा लगानी गरिने गाउँपालिकाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here