कोरोना बीमा दावीको रकम नपाएको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । कोरोना बीमाको रकम भुक्तानी नभएको भन्दै बीमकहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। नेपाल बीमक संघले आईतबार सरकारलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेको हो ।

सरकारले कोरोना बीमाको करिव ११ अर्ब रुपैयाँ बिमकहरुलाई भुक्तानी गर्न बाँकी रहेको र हालसम्म पनि उक्त भुक्तानीमा सरकारले चासो नदेखाएको भन्दै अन्तरिम आदेश माग गर्दै रिट दायर भएको हो । बीमकहरुले हालेको रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ ।

कोरोना बीमा मापदण्ड अनुसार बीमाको दायित्व भुक्तानी गर्ने जिम्मेवारी १ अर्ब रुपैयाँसम्मको सम्बन्धित बीमा कम्पनी, १ देखि २ अर्ब सम्मको पुनर्बीमा कम्पनी, साढे २ अर्बसम्मको महाविपत्ति पुल, ३ अर्ब सम्मको बीमा समिति र सोभन्दा माथिको नेपाल सरकारको हुने उल्लेख छ।

अघिल्लो बर्ष सरकारको तर्फबाट दायित्व बहन गर्ने गरी बीमा प्राधिकरणलाई १ अर्ब भुक्तानी दिईएपनि हालसम्म अझै ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here