हवाई दुर्घटना जाँच आयोगका प्रतिवेदन अध्ययन गर्न समिति बनाइदै

काठमाडौं। हवाई दुर्घटनामा बनेका जाँच आयोगका प्रतिवेदनले उठाएका सवालबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाइने भएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झनामा आइतबार राजधानीमा आयोजित अन्तरक्रियामा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले यस्ते तयारी गरेको जानकारी दिए ।

साथै न्यायिक क्षेत्रका व्यक्तिको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाउने र समितिले उठाएका विषयलाई सरकारले कार्यान्वयन गर्ने उनले बताए ।

हवाई दुर्घटनाबारे विभिन्न प्रकारका अध्ययन र अनुसन्धान भएकोले त्यसलाई एकिकृत राख्न यस्तो कदम चाल्न लागेको बताए। साथै सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेको भन्दै प्रतिवेदन सत्य, तथ्य नजिक पुगेको बताए ।

त्यसैगरी सोहि अवसरमा मन्त्री पाण्डेले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याएको विधेयक अर्थ, कानुन हुँदै मन्त्रालय पुगेको र मन्त्रिपरिषद् मार्फत संसदमा पेस गरिने बताए ।

उनले दुर्घटनाका पीडितले पाउनु पर्ने बीमाका विषयमा बीमा सम्बन्धि ऐन निर्माण गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here