चेक अनादर गरेमा २ वर्षसम्म कैद सजायको सहमति

काठमाडौं । चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजायको तयारी थालिएको छ। आइतबार एक कार्यक्रमबीच कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० माथि अर्थ समितिमा भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो ।

समितिका सभापति सन्तोष चालिसेले चेक अनादर प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय व्यवस्था गर्ने विषय सर्वसम्मतिले पास भएको जानकारी दिए ।

जसअनुसार १५ लाख रुपैयाँसम्मको चेक अनादरमा एक महिना, ५० लाखसम्ममा तीन महिनाको कैद सजाया हुन्छ । त्यस्तै एक करोडसम्म एक वर्ष र एक करोड रुपैयाँ भन्दा माथिको चेक अनादर प्रमाणित भए दुई वर्षको कैद सजाय हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here