हिमाल पारीको जिल्ला मनाङमा चर्चित खेलाडी र सेलिब्रेटीबीच मैत्रीपूर्ण फुटबल हुँदै

२३ भदौ, काठमाडौं । हिउँ चितुवा र याकको संरक्षण तथा दीगो पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले हिमाल पारीको जिल्ला मनाङमा असोज ३ देख ७ गतेसम्म दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ ।

जैविक विविधता संरक्षण समाज नेपाल (बायोकोस) नेपाल र आन्ट फाउडेशनको सयूक्त आयोजना तथा चामे गाँउपालिका र मनाङ्ग ङिस्याङ गाँउपालिको सहकार्यमा विभिन्न संघसस्थाहरु राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति, खेलकुद विकास समिति, जिल्ला फुटबल संघ मनाङको सहभागिता तथा नमस्ते मनाङको संयोजनमा मैंत्रीपूण फुटबल आयोजना गर्न लागिएको आईतबार काठाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

हिँउ चितुवाले हिमालको पारिस्थतिक प्रणालीलाइ सन्तुलन राख्न महत्वपूर्ण भूमिका खेल्ने मात्र नभई हिँउ चितुवा र यसको वासस्थान जलवायु परिवर्तनको असर मापन गर्ने सूचक पनि भएकोले यसको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गर्न लागिएको बाइकोस नेपालका संस्थापक तथा संरक्षणविद डा.पारसविक्रम सिंहले जानकारी दिए ।

संस्थाले गतवर्ष भदौ २५ देखि २७ गतेसम्म मनाङ्गका विभिन्न ३ स्थानमा मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो । समूह सतहबाट २६०० मिटर उचाईमा रहेको तिमाङ, र ३२०० मिटर उचाईमा रहेको मुङ्जी फुटबल मैदानमा सेलिब्रेटि टिम हिमालयन स्नो लिवपर्ड (राष्ट्रिय स्तरका ख्याती प्राप्त खेलाडीहरु, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका बिजेताहरु) र स्थानिय खेलाडी टिम कान्जिसरा याक र मनाङ ङिस्याङ याक (स्थानिय युवाहरु) विच मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्न लागिएको आयोजक आन्ट फाउण्डेनका संस्थापक प्रशान्त ताम्राकारले जानकारी दिए ।

नेपाली राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर अनिल गुरुङले मनाङलाई हाइ अल्टिच्युट टेनिङ सेन्टरको हबको रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताए । पत्रकार सम्मेलनमा फुटबल टीमका टोलीको जर्सी पनि सार्वजनिक गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here