सुनचाँदीको भाउ बढ्यो, यस्तो छ आजको रेट

काठमाडौं। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ। यस दिन छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here