सिंगापुर प्रहरीका पाँच नेपालीलाई जेल सजाय,हुण्डी कारोबारको आरोप

काठमाडौं। सिंगापुरमा पाँच जना नेपालीलाई हुण्डी कारोबारमा संलग्नको आरोपमा जेल सजाय सुनाइएको छ । सिंगापुर प्रहरीको गोर्खा कन्टिन्जेन्टमा कार्यरत नेपालीलाई जेल सुजाय सुनाइएको हो ।

उनीहरुमाथि १ लाखदेखि २८ लाख सिंगापुर डलर अवैध रुपमा नेपाल पठाएको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको थियो ।

दिकबहादुर गुरुङ ९३२०, गंगाप्रसाद राई ९४३०, अशोककुमार थापा मगर ९३९०, मिङ्मार शर्पा ९४४० र सीताराम तामाङ ९४०० लाई जेल सजाय सुनाइएको हो ।

उनीहरुमध्ये दिकबहादुरलाई कम्तीमा १० लाख सिंगापुर डलर अवैध रुपमा पठाएको आरोपमा १४ हप्ता जेल सजाय भएको छ। गंगाप्रसादलाई ६ लाख पठाएको आरोपमा १० हप्ता जेल सजाय भएको छ ।

अशोककुमारमाथि १ लाख ३ हजार र मिङ्मारमाथि ४ लाख ७२ हजार रुपैयाँ अवैध रुपमा पठाएको आरोप छ । अशोकलाई चार हप्ता र मिङ्मारलाई ७ हप्ता जेल सजाय भएको छ ।

त्यस्तै सीताराममाथि २८ लाख ६० हजार रुपैयाँ रुपैयाँ पठाएको आरोप छ। उनीहरुलाई सिंगापुरको भुक्तानी सेवा ऐन ९पीएसए० अनुसार दोषी ठहर गर्दै ५ सेप्टेम्बरमा जेल सजाय भएको द स्ट्रेट्स टाइम्सले लेखेको छ । सिंगापुर प्रहरीले पाँच जनामाथि अवैध कारोबारको आरोप लागेलगत्तै फ्रन्टलाइन ड्यूटीबाट हटाएको थियो ।

द स्ट्रेट्स टाइम्सका अनुसार, प्रतीक थापा ९४१० माथि पनि यस्तै किमिसको आरोपमा अनुसन्धान भइरहेको छ । तर, उनी हालसम्म फरार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here