नागढुंगाको पहिरो पन्छाइयो, गाडीको जाम भने यथावत

फाइल फोटो

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा आवागमन भने अझै सहज हुन सकेको छैन। सोमबार नागढुंगामा पहिरो गएर बाटो अवरुद्ध भएको थियो । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंतर्फ वाणभञ्ज्याङसम्म सवारी साधनको लाइन छ ।

सुरुङमार्ग नजिकको स्याउले भन्ने स्थानमा एउटा ट्रक बिग्रिने तथा सडक भत्किने गर्दा सवारी आवागमन सहज हुन नसकेको प्रहरीले जनाएको छ ।

नागढुंगा प्रहरीका अनुसार बिग्रिएको ट्रक सडकमै रोकिएकाले सवारी साधनहरुलाई पालैपालो गन्तव्यमा पठाउने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here