शक्तिशाली तुफानले भियतनाममा ६० जनाको मृत्यु, २५० भन्दा बढी घाइते

काठमाडौं । भियतनाममा शक्तिशाली तुफानले ६० जनाभन्दा बढीको मृत्यु भएको छ । ‘यागी’ नाम दिइएको तुफानले फुथोक प्रान्तको फोङचाउ पुल भत्किँदा सवारी साधनहरु रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् । त्यस्तै २४० भन्दा बढी मानिसहरु घाइते छन् ।

तुफानले उत्तरी क्षेत्रको जनजीवन अस्तव्यस्त हुनाका साथै बाढी र पहिरोले सडकहरु अवरुद्ध छन् । तटीय क्षेत्रबाट करिब ५० हजार जनालाई सुरक्षित स्थानमा सारिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

शनिबार भियतनामको भूमिमा बज्रिएको यागी तुफानलाई भियतनाममा तीन दशकपछिको शक्तिशाली भनिएको छ । तुफानको वेग २०३ किलोमिटर प्रतिघण्टाको थियो । तुफानले भियतनाममा रेड नदी माथिको पुल भत्काएइदिएको छ । अहिले ३७५ मिटर लामो उक्त पुलको अहिले आधा भाग मात्र देखिन्छ ।

तुफानले चीन र फिलिपिन्समा पनि क्षति पुर्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । चीनको हाइनान र गुआङडोङ प्रान्तका बस्ती यागी तुफानबाट बढी प्रभावित भएका छन् । दक्षिणी चीनका सहरहरु यागी तुफानका कारण विद्यालय र हवाई उडानहरु बन्द गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here