सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो । आज हालसम्मकै उच्च मूल्य अर्थात १ लाख ५३ हजार ४ सय रुपैयाँ पुगेको छ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलाको १७ सय ८० रुपैयाँ पुगेको हो । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १६ सय ६५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here