ओलम्पियाड खेल्ने चेस टोलीले किन पाएन हङ्गेरीको भिसा ?

काठमाडौं । नेपालबाट ओलम्पियाड खेल्न जाने तयारीमा रहेको चेस टोलीलाई हङ्गेरीले भिसा दिन अस्वीकार गरेको छ । नेपालस्थित जर्मन राजदूतावासले चेस टोली फर्कनेमा शङ्का गर्दै भिसा दिन अस्वीकार गरेपछि चेस टोलीले भारतबाट हङ्गेरीको भिसा लिन प्रयास गरेको थियो ।

भारत पुगेको चेस टोलीलाई त्यहाँ पनि हङ्गेरी राजदूतावासले भिसा दिन अस्वीकार गरेको नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले जानकारी दिए ।
नेपालमा हङ्गेरीको राजदूतावास छैन । खेलाडीभन्दा बढी पदाधिकारी देखिएका कारण यसअघि नेपालस्थित जर्मन दूतावासले बुद्धिचाल टोलीलाई भिसा दिन अस्किार गरेको थियो ।

४५औँ ओलम्पियाड बुधबार देखि नै हङ्गेरीको बुढापेष्टमा सुरु भएको छ । नेपालका धेरै खेलाडी र अफिसियलले भाग लिन नपाए पनि अष्ट्रेलियाबाट बुढापेष्ट पुगेका विवेक थिङले भने ओलम्पियाड खेल्ने बुद्धिचाल महासङ्घले जनाएको छ ।

ओलम्पियाडमा सहभागी हुन नेपालीस् हेड अफ डेलिगेट्सको रूपमा महासङ्घका अध्यक्ष हेराकाजि महर्जन, महासचिव धरम बहमदुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट र सदस्य राजु ताम्राकार हङ्गेरी जाने टोलीमा थिए ।

यस्तै पुरुष खेलाडीहरूमा राजन सुवेदी, सिएम शुश्रुत दहाल, एफएम क्षितिज भण्डारी, सिएम रुपेश जैसवाल र २२८१ उच्च रेटेड विवेक थिङ थिए । महिलातर्फ सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारी, शान्ति धिमाल र रिया श्रेष्ठ थिए ।

हङ्गेरी जाने टोलीमा महासङ्घका पूर्व उपाध्यक्ष नारायण दास गमाल, काठमाडौँ जिल्ला बुद्धिचाल सङ्घका पूर्व अध्यक्ष अमृत चन्द्र श्रेष्ठ र विश्वविद्यालय खेलकुद सङ्घका केन्द्रीय अध्यक्ष अनिल कुमार रिजाल र पत्रकार प्रदीप कुमार लेखीको पनि नाम थियो । तर भारतमा समेत हङ्गेरीको भिसा नपाएपछि नेपालका केही पदाधिकारी भारतबाटै नेपाल फर्किएको महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here