इटाली मर्मतमा गएको नेवानिको जहाज स्वदेश फिर्ता

काठमाडौं । इटाली मर्मतका लागि गएको नेपाल एयरलाइनसको वाइडबडी जहाज नेपाल फिर्ता भएको छ । यो जहाज २२ जुनमा इटाली पठाइएको थियो । नियमित मर्मत पुरा गरी जहाज आज बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

यो जहाजको अभावले जापानसहित लामो दूरीमा निगमको उडान प्रभावित भएको थियो । निगमका प्रवक्ता रमेश पौडेलले अब यी गन्तब्यमा पुनः उडान सूचारु गरिने जानकारी दिए । निगमसँग अर्ब तीन जहाज पुगेका छन् । एउटा वाइडबडी जहाज इटालीमै सीचेकका लागि पुगेको छ । सो जहाज अर्को एक महिनापछि मात्र नेपाल ल्याइने निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here