त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र माला नल्याउन आग्रह

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले खादा तथा माला नल्याउन आग्रह गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा जाँच उपकरण खादा, मालाले बिग्रिएको भन्दै बाहिर देखिने गरी नल्याउन आग्रह गरेको छ ।

कार्यालयले बिहीबार एक सूचना जारी गरेर यात्रुले लगाएर वा ब्यागमा भुन्ड्याएर खादा, माला नल्याउन आग्रह गरेको हो। यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पु¥याइरहेको बताइएको छ ।

यात्रुले लगाएको खादा, माला विमानस्थलका विभिन्न भागमा छोडेर जाँदा विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुगेको भन्दै खादा, माला आफैंसँग लैजानै परे यात्रुले झोलाभित्र नदेखिने गरी राखेरमात्रै आउन पनि कार्यालयले अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here