दशैंतिहार मा वेस्टर्न युनियनको उपहार योजना, साप्ताहिक ५० हजार, बम्परमा १० लाख

काठमाडौं, १७ असोज । बडा दशैं, तिहार तथा छठको अवसरमा वेस्टर्न युनियनले सेप्टेम्बर १८ तारिखदेखि नोभेम्बर १६ तारिखसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने उपभोक्ता प्रबद्र्धन योजना ल्याएको छ ।

यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट प्रा.लि., नबिल बैंक, डिजिटेक रेमिटान्स प्रा.लि. र सूर्य रेमिट प्रा.लि. बाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।

सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्रमा समावेश हुनेछ । यो योजनाअन्तर्गत हरेक हप्ता पाँच जना भाग्यशाली विजेताले प्राप्त रकमको दोब्बर नगद जित्न सक्नेछन् । उक्त रकम बढीमा रु ५० हजार मात्र हुनेछ र १६ नोभेम्बरसम्म लागू गरिनेछ ।

यस बाहेक, प्रबद्र्धन अवधिभर सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेताको कारोबार बाहेक) स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछ । यसमा १ जना भाग्यशाली विजेताले रु १० लाख नगद जित्न सक्नेछन् । लक्की ड्र को विजेता २२ नोभेम्बर, २०१९ मा घोषित गरिनेछ ।

हामीप्रति विश्वास राख्ने ग्राहकहरुको कदर गर्ने र अझ गुणस्तरीय सेवाको प्रतिबद्धतास्वरुप उपहार योजना ल्याइएको वेस्टर्न युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एसएस रमानाथनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here