सुनको भाउमा नयाँ रेकर्ड, एकै दिन प्रतितोला ३ हजारले बढ्यो मूल्य

काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनले फेरी नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको हो। बिहीबार प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज उच्च मूल्यमा पुगेको हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले बढेर १८ सय ६० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला १७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here