राइड शेयरिङ प्लेटफर्मको विरोधमा ट्याक्सी चालकहरुलाई दुर्गा प्रसाईले निकाले र्‍यालीमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले राइड शेयरिङ प्लेटफर्मको विरोधमा ट्याक्सी चालकहरुलाई र्‍यालीमा उतारेका छन् ।

शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट प्रसाईंले ट्याक्सी र्‍याली निकालेका हुन् । पठाओ, इन्ड्राइभ, टुटलजस्ता प्लेटफर्मको विरोधमा भक्तपुरबाट निस्केको ट्याक्सी र्‍याली काठमाडौं प्रवेश गरेको छ ।

र्‍यालीमा राइड शेयरिङ प्लेटफर्मको तुलनामा ट्याक्सीको भाडादर बढी हुनुपर्ने तथा रातो नम्बर प्लेटका सवारीसाधनलाई यात्रु बोक्न दिन नहुने लगायतका माग राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here