क्रिप्टो करेन्सीको कारोबारको आरोपमा दुई जना पक्राउ

काठमाडौं । क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गैडाकोट नगरपालिका-४ बस्ने २२ वर्षीय प्रज्ञान रिमाल र बागलुङ नगरपालिका-४ बस्ने २० वर्षीय आयुष शर्मा पक्राउ छन् । उनीहरु बुधबार पक्राउ परेकोमा शुक्रबार मात्रै सार्वजनिक गरेको हो।

रिमाललाई ठमेलबाट र शर्मालाई मनमैजुबाट पक्राउ गरेको थियो।

उनीहरू स्टारब्वइ सोलुशन्सका सञ्चालकहरू हुन्। उनीहरूलाई काठमाडौं जिल्ला अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here