चीनले बढायो अवकास हुने उमेर

काठमाडौं । चीनले अवकाश (रिटायरमेन्ट)को उमेर बढाएको छ । सरकारले अवकाशको उमेर बढाउने प्रस्ताव शुक्रबार स्वीकृत गरेको हो । यसअनुसार अब ब्लू कलर जब (फ्याक्टी, कन्स्ट्रक्सन जस्ता श्रम गर्नुपर्ने क्षेत्रको काम) का लागि महिलाको उमेर ५० वर्षबाट बढाएर ५५ वर्ष कायम गरिएको छ ।

यस्तै ह्वाइट कलर (पेशेवर) महिलाका लागि उमेर हद ५५ बाट ५८ वर्ष बनाइएको छ । पुरुषको अवकाश उमेर भने ६० वर्षबाट बढाएर ६३ वर्ष बनाइएको छ ।

चिनियाँ सञ्चार माध्यमहरुका अनुसार नयाँ अवकाश उमेर १ जनवरी २०२५ बाट लागू हुनेछ । र, १५ वर्षसम्म केही महिनामा थोरै थोरै अवकाशको उमेर बढाइनेछ । सिन्ह्वाका अनुसार कानुनले तोकेको उमेरभन्दा पहिला अवकाशका लागि अनुमति दिइने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here