अस्कर अवार्डमा शाम्बाला, रच्ला इतिहास ?

काठमाडौं । मीनबहादुर भामद्वारा निर्देशित शाम्बाला नेपालबाट अस्कर प्रतिस्पर्धाका लागि छनौट भएको छ । नेपालस्थित छनौट समितिले ९७ औं अस्करका लागि यो फिल्म छनौट गरेको हो । भदौ २८ देखि यो फिल्म नेपाल प्रदर्शनमा छ ।

फिल्मको नेपाल प्रदर्शन सकिएलगतै अस्करमा आफ्नो उपस्थितिका लागि तयारी थाल्ने निर्माण टिमको दाबी छ । नेपालमा बर्लिनको प्रमुख प्रतिस्पर्धामा छनौट हुने पहिलो नेपाली फिल्मको इतिहास रच्ने यो फिल्मले हालै लोकार्नोमा अवार्ड उचालेको थियो ।

फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले उत्कृष्ट अभिनयका लागि बोक्कालिनो डिओर प्राप्त गरेकी थिइन् । यही फिल्मको प्रिमियरका लागि हालै बलिउडबाट निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दकी नेपाल आएका थिए । उनीहरुको उपस्थितिले फिल्म क्षेत्रमा
शाम्बालाको ठूलो चर्चा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here