टीकाको दिन काठमाडौंमा आर्मीले निःशुल्क बस सेवा चलाउने, यी रुटमा पाइनेछ आर्मीको बस

काठमाडौं, १८ असोज । असोज २१ गते बिजयादशमीको टीकाको दिन काठमाडौं उपत्यकामा नेपाल आर्मीले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

सो दिन उपत्यकामा सार्वजनिक सवारी न्यून सञ्चालन हुने भएकाले सैनिक तथा गैर सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्याउन आर्मीले सात ओटा रुटमा बस सेवा चलाउने भएको हो ।

ती सबै रुटमा आर्मीले तीन–तीन ओटा बस चलाउने भएको छ ।

कहाँ र कुन बेला चल्छन् आर्मीका बस ?

भद्रकाली-कालीमाटी-कलंकी-नागढुङ्गा (सोही रुट हुँदै फिर्ता हुने):
(बिहान ८ बजेदेखि १०ः३० बजेसम्म, दिउँसो १ बजेदेखि ३ बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ६ बजेसम्म)

भद्रकाली-बल्खु-किर्तिपुर (सोही रुट हुँदै फिर्ता हुने):
(बिहान ८ बजेदेखि १०ः३० बजेसम्म, दिउँसो १ बजेदेखि ३ बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ६ बजेसम्म)

भद्रकाली-बानेश्वर-कोटेश्वर-गठ्ठाघर-सूर्यबिनायक (सोही रुट हुँदै फिर्ता हुने):
(बिहान ७ः३० बजेदेखि १० बजेसम्म, दिउँसो १ बजेदेखि ३ः३० बजेसम्म र अपरान्ह ४ः३० बजेदेखि साँझ ७ बजेसम्म)

भद्रकाली-लैनचौर-महाराजगञ्ज-बुढानिलकण्ठ (सोही रुट हुँदै फिर्ता हुने):
(बिहान ८ बजेदेखि १०ः३० बजेसम्म, दिउँसो १ बजेदेखि ३ बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ६ बजेसम्म)

भद्रकाली-चावहिल-जोरपाटी-थली-साँखु (सोही रुट हुँदै फिर्ता हुने):
(बिहान ६ बजेदेखि १० बजेसम्म, बिहान ११ बजेदेखि २ बजेसम्म र अपरान्ह ३ बजेदेखि साँझ ७ बजेसम्म)

भद्रकाली-बानेश्वर-कोटेश्वर-सातदोबाटो-कलंकी-सितापाईला-बालाजु-महाराजगञ्ज-चावहिल-गौशला-एयरपोर्ट-तिनकुने-भद्रकाली (सोही रुट हुँदै फिर्ता हुने):
(बिहान ८ बजेदेखि १०ः३० बजेसम्म, दिउँसो १२ः३० बजेदेखि ३ बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म)

भद्रकाली-बानेश्वर-तिनकुने-एयरपोर्ट-गौशला-चावहिल-महाराजगञ्ज-बालाजु-सितापाईला-कलंकी-सातदोबाटो-कोटेश्वर-बानेश्वर हुँदै भद्रकाली (सोही रुट हुँदै फिर्ता हुने):
(बिहान ८ बजेदेखि १०ः३० बजेसम्म, दिउँसो १२ः३० बजेदेखि ३ बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here