फेरी बनायो सुनले नयाँ रेकर्ड, किन बढ्यो भाउ?

फाइलफोटो

काठमाडौं । पछिल्लो समय सुनको भाउले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ। शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको छ।

जुन हालसम्मकै सबैभन्दा बढी मूल्य हो। शुक्रबार दिन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो ।

किन बढ्यो सुनको भाउ?

अमेरिकाकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउने चर्चा चलेसँगै अन्तर्राष्ट्रिय बजारमा सुन भढेको हो ।

त्यस्तै आज चाँदीको मूल्य आइतबार तोलामा ४० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १९०० कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here