१३ बर्षका किशोरले रुविज क्युव खेल्न रोबोट बनाए

काठमाडौं । एक १३ वर्षीय स्कुले बालकले लेगो रोबोट बनाएका छन् जसले रुबिक क्युवलाई समाधान गर्न सक्छ ।

आयरल्याण्डको उत्तरी बेलफास्टको सेन्ट मालाची कलेजका रुआर्कले यसप्रकारको रोबोट बनाएका हुन् । उनले पहिलो पटक १२ वर्षको उमेरमा स्कूलमा आफ्नो दोस्रो वर्षमा पजल-समाधान रोबोट प्रोटोटाइपहरू बनाउन शुरु गरेका थिए ।

विद्यालयले गत वर्ष क्रिएटिभ डिजिटल टेक्नोलोजी हब (सीडीटीएच) सञ्चालनमा ल्याएपछि यो सम्भव भएको हो ।

शिक्षिका क्लेयर म्याकग्राथले रुआर्कको रोबोटले सुरुमा काम गर्छ भन्ने कुरामा आफूलाई विश्वास नलागेको टिप्पणी गरिन् । तरपछी रिजल्टले आफुलाई अचम्भित बनाएको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here