पलेशालाई पोखरा महानगरको सम्मान, २ लाख रुपैयाँ नगद प्रदान

काठमाडौं । पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ ।

पोखराका मेयर धनराज आचार्यले आइतबार २ लाख २२ हजार २२२ सहित सम्मान पत्रले सम्मान गरे । उनले पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल भएकी थिइन्।

नेपाली खेलकुदको क्षेत्रमा नेपालकी छोरी पलेसा गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगत मै उत्साहको नयाँ सञ्चार गरेको मेयर आचार्यले बताए। कार्यक्रममा पलेसाका प्रशिक्षक कविराज नेगी लामा र म्यानेजर रामचन्द्र श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here