नौ करोड ठगीको आरोपमा माछापुच्छ्रे सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं ।विराटनगरस्थित माछापुच्छ्रे् बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्ण पक्राउ परेका छन् । उनी सहकारीको रकम अपचलन गरी ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । कर्णलाई ९ करोड २६ लाख ९१ हजार रुपैयाँ हिनामिना गरी ठगी गरेको आरोप लागेको छ ।

संस्थाका पदाधिकारी र सञ्चालकले सर्वसाधारणको रकम हिनामिना गरेर २ बर्षदेखि सञ्चालक सम्पर्कविहीन भएका थिए। प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले गरेको छानबिनका क्रममा सर्वसाधारणले जम्मा गरेको रकम सञ्चालकले हिनामिना गरेको खुलेको थियो । त्यसपछि सर्वसाधारणहरू रकम फिर्ता लिन कार्यालय पुगेकोमा त्यसअघि नै कर्णसहित सञ्चालकहरू फरार भइसकेका थिए ।

पक्राउ परेलगत्तै उच्च रक्तचापका कारण उनलाई कोशी अस्पतालमा भर्ना गरिएको प्रहरीले बताएको छ।

सहकारी ठगीको आरोपमा कर्णसहित सहकारीका २६ जनाविरुद्ध उजुरी परेको छ । कर्ण तत्कालीन विवेकशील साझा पार्टी मोरङका अध्यक्ष हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here