दिनदिनै नयाँ रेकर्ड राख्दै सुन

फाइलफोटो

काठमाडौं । सुनको मूल्यले सोमबार पनि नयाँ रेकर्ड बनाएको छ । विगत तीन दिनदेखि सुनको मूल्यमा लगातार नयाँ रेकर्ड बनिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ पुगेको छ । जुन आइतबारको तुलनामा ५ सय रुपैयाँले बढी हो । आइतबार सुन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिकी केन्द्रीय बैंक फेडले ब्याजदर घटाउने चर्चापछि सुनको मूल्य बढेको हो । आज चाँदीको मूल्य पनि सोमबार तोलामा १५ रुपैयाँ बढेको छ । आइतबार प्रतितोला १९०० रुपैयाँमा किनबेच भएको चाँदी आज बढेर १९१५ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here