सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष

काठमाडौं । संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क मार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई कारबाहीका लागि लेखिपठाउने सूर्य थापाको नेतृत्वको संसदीय छानबिन विशेष समितिको निष्कर्ष छ ।

प्रतिवेदन आज बुझाउने तयारी गरेको छ ।

सहकारीको रकम जीबी राईले गोर्खा मिडिया नेटवर्कमा पुर्‍याउने काम गरेको समितिका सदस्य लेखनाथ दाहालले बताए । साथै सो रकम रवि मार्फत खर्च भएको छ । गोर्खा मिडियामा जीबी राई अध्यक्ष र रवि प्रबन्ध निर्देशक थिए ।

गोर्खा मिडियाका तीन सञ्चालक जीबी, रवि र छविराज जोशीले संयुक्त खाता खोलेका र रवि प्रबन्ध निर्देशक रहेको १४ महिनाको अवधिमा एउटा चेक बाहेक सबैमा रवि लामिछानेले नै हस्ताक्षर गरेको पाइएको छ ।

समिति सदस्य लेखनाथ दाहालका अनुसार लामिछानेलाई कानुनसम्मत कारबाही गर्न लेखिपठाउने सहमति भएको छ । समितिले दुई हजार पृष्ठको प्रतिवेदन तयार पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here