उच्च विन्दुमा पुगेको सुनको भाउ घट्यो, यस्तो छ आजको मूल्य

काठमाडौं । सोमबार नयाँ रेकर्ड राखेको सुन आज केही ओरालो लागेको छ । मंगलबार सुन प्रतितोला ६ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला १ हजार ९ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ९ सय ५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here