बालेन शाहको फोटो भएको टिसर्ट लगाएका १३जना प्रहरी नियन्त्रणमा

photo- Nabin kshatri

काटमाठौं । बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई प्रहरी वृत्त जनसेवामा राखेको छ । उनीहरुकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here