बझाङ केन्द्रविन्दु भएर ४.३ को भूकम्प

काठमाडौं । बुधबार बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केही दिन अघि पनि बझाङ केन्द्रविन्दु भएर ३ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here