घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार !

प्रतिकात्मक तस्विर

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै बुधबार प्रतितोला १ हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here