सर्वसाधारणले दशैंका लागि ११ अर्ब नयाँ नोट साटे

काठमाडौं १९, असोज । दशैंका लागि राष्ट्र बैंकले करिब ११ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सर्वसाधारणलाई वितरण गरेको छ । असोज १० देखि १७ गतेसम्ममा राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिएको थियो ।

सोही अवधिमा सर्वसाधारणले करिब ११ अर्ब रुपैयाँ बराबर नयाँ नोट सटही गरेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।

दशैं र तिहारलाई लक्ष्यित गरी राष्ट्र बैंकले असोज १० देखि १७ गतेसम्म सर्वसाधारणलाई नयाँ नोट वितरण गरेको थियो ।

यो वर्ष पनि गत वर्षकै हाराहारीमा नयाँ नोट बाँडने तयारी गरेको थियो । तर, गत वर्षभन्दा करिब २ अर्ब रुपैयाँ भन्दा कम मात्र वितरण भएको छ । गत वर्ष राष्ट्र बैंकले करिब १३ अर्ब रुपैयाँ बराबरको नयाँ तथा सुकिला नोट वितरण गरेको थियो ।

यो वर्ष राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नोट सटही सुविधा दिएको थियो । यो गत वर्ष भन्दा कम हो । गत वर्ष प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले नागरिकले रकम साटेका थिए । यो वर्ष सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एक÷एक बण्डल (बिटा) नयाँ नोट सटहीसुविधा पाएका थिए ।

राष्ट्र बैंकले गत वर्ष जस्तै कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखाहरुबाट नोट वितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here