आज लिग २ मा नेपालले क्यानडासँग खेल्दै

काठमाडौं। आईसीसी विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग दोस्रो खेल खेल्दै छ । नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन् ।

यसअघि त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो । त्यस्तै ओमानसँगको खेलमा पनि नेपाल एक विकेटले पराजित भएको थियो ।

आजको खेल जितेमा नेपाललाई खेलमा फर्किने अवसर छ । ओमानसँगको खेल ८ गते साँझ पौने ९ बजेदेखि सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here