प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षीबीच भेट हुँदैछ।

उनीहरूबीच स्थानीय समयअनुसार साँझ साढे पाँच बजेदेखि ६ बजेसम्म होटेल लोटे न्युयोर्क प्यालेसमा ‘साइडलाइन’ भेटवार्ता हुने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्रीसँग पहिलोपटक भेट हुन लागेको हो। प्रधानमन्त्री ओलीको भुटानी समकक्षी छिरिङ तोब्गेबीच पनि भेटघाट तय भएको छ। परराष्ट्रमन्त्रालयले तयार पारेको कार्यतालिका अनुसार भुटानका राजासँग प्रधानमन्त्री ओलीले २० मिनेट छलफल गर्नेछन्। त्यसलगत्तै प्रधानमन्त्री ओलीले कुवेतका राजकुमार शेख सबाह अलसँग आधा घण्टा भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री ओलीले मंगलबार फिनल्याण्डका राष्ट्रपति एलेक्जेण्डर स्टब र सोमाका प्रधानमन्त्री फियम नाओटी माटा आफासँग पनि दुई पक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here