सुनको भाउ १ लाख ५९ हजार नजिक

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य १ लाख ५८ हजार रुपैयाँ नाघेको छ । जुन शुक्रबारको तुलनामा १ हजार ७ सय रुपैयाँले बढी हो । आज सुन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको हो ।

नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । यसअघि शुक्रबार सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढ्दै १९ सय २० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय १५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here