कृषि विकास बैंक र एनआरएन पार्टनरविच रेमिट सम्झौता

काठमाडौं १९, असोज । कृषि विकास बैंक र एनआरएन पार्टनर कम्पनी प्रा.लि. विच रेमिट व्यवसायका लागि शुक्रबार सम्झौता भएको छ । सम्झौतामा कृषि विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र एनआरएन पार्टनर कम्पनी प्रा.लि. र आईडिया फर नेपाल प्रा.लि.को तर्फबाट अध्यक्ष गोर्कण प्रसाद श्रेष्ठले हस्ताक्षर गरे ।

उक्त सम्झौताले विदेशबाट प्राप्त हुने रेमिट्यान्स रकमलाई उत्पादन क्षेत्रमा उपयोग गर्न थप मद्दत पुग्ने छ । व्यवसायिक कृषि, पर्यटन होटेल इ–पारकिङ्ग , रेमिट्यान्स र भुक्तानी सेवा व्यवसाय थप वृद्धि हुने देखिन्छ ।

सो अवसरमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि विकास बैंकलाई अफिसियल बैकिङ्ग पार्टनरको रुपमा सेवा गर्ने मौका दिनु भएकोमा सम्बद्ध पक्षलाई धन्यवाद दिंदै यस सम्झौताले भविष्यमा रेमिट्यान्स व्यवसाय अभिवृद्धिका लागि थप टेवा पुग्ने बताए ।

यो सम्झौतापछि रेमिट्यान्स रकमको पूर्ण सदुपयोग गर्न र विदेशमा रहने नेपालीहरुले नेपालमा रकम पठाउन थप सहज र सरल हुन समेत मद्दत पुग्ने अध्यक्ष श्रेष्ठले बताए ।

‘दुर्गम ग्रामिण क्षेत्रहरुमा रेमिट्यान्स सेवालाई सहज र सरल सहित पहुंच वृद्धि गर्न सम्भावित सहकारी तथा व्यक्तिहरुलाई एजेन्टको रुपमा परिचालन गर्न सकिने छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here