व्यापार घाटामा सुधार, दुई महिनामा २ खर्ब ११ अर्ब व्यापार घाटा

काठमाडौं २० असोज । गत भदौ महिनामा मुलुकको व्यापार घाटा २ खर्ब ११ अर्ब रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा भदौको व्यापार घाटा करिब ३ प्रतिशतले कम हो ।

सो अवधिमा सवारी साधन, क्लिंकर सिमेन्ट, इन्धनको आयातमा केही कमी आएकाले व्यापार घाटा घटेको हो । भन्सार विभागले हालै सार्वजनिक गरेको भदौ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

गत आर्थिक वर्षको दुई महिनामा घाटा २ खर्ब १७ अर्ब ६४ करोड रुपैयाँ थियो । ‘घाटा कम हुनुको मुख्य कारण आयातमै कमी हो । सवारी साधानको आयात घटेकाले घाटामा सुधार देखिएको सरकारी दाबी छ ।

यो वर्षको पहिलो दुई महिनामा सबैभन्दा बढी वनस्पतीको तेलरघिउ, धागो, तयारी पोसाक, पस्मिनाको निर्यात भएको विभागले जनाएको छ । वनस्पती घिउतेल र पाम आयल मुख्यतः भारत नै निर्यात हुन्छन । तयारी पोशाक तथा धागो भने तेस्रो मुलुकतर्फ निर्यात भएको प्रतिवेदनमा उल्लेख छ ।

गत साउन र भदौमा २ खर्ब ४८ अर्ब रुपैयाँको अन्तराष्ट्रिय व्यापार भएको छ । जसमध्ये २ खर्ब २९ अर्ब रुपैयाँको आयात र १८ अर्ब रुपैयाँको निर्यात भएको छ ।

आयात घटे पनि निर्यातमा सुधार देखिएको छ । अघिल्लो वर्षको पहिलो दुई महिनाको तुलनामा गत साउन र भदौमा कुल निर्यात करिब २६ प्रतिशतले बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७५/७६ को पहिलो दुई महिनामा १४ अर्ब ६९ करोड रुपैयाँको निर्यात भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here