जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

सोमबार जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने या नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप भएको हो ।

उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको हो । उनीविरुद्ध विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनको मुद्धा लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here