क्यानडा सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

Kushal Malla of Nepal and Mahamad Asif Sheikh of Nepal run between the wickets during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Saudi Arabia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 2), Muscat, Oman on April 17, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपालले लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आज अन्तिम खेल खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८ः४५ बजे खेल सुरू हुनेछ। नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये तीनै खेल हारेको छ ।

घरेलु टोलीसँग २ र ओमानसँग १ खेल खेल्दा तीनै खेलमा नेपाल हारेको हो । ओमानसँगको पहिलो खेलमा नेपाल एक विकेटले पराजित भएको थियो। विश्वकप लिग २ मा नेपालले कुल ७ खेल खेलिसकेको छ। त्यसमध्ये नेपालले एक मात्रै जित निकालेको छ।

गत फेब्रुअरीमा घरेलु मैदानमा नामबिया र नेदरल्यान्ड्सबिरुद्धको चार खेल मध्ये नेपाल तीन खेलमा पराजित भएको थियो। एकदिसवीय सिरिजपछि असोज १२ गते क्यानडामै नेपालले त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ।

त्रिकोणात्मक टी–२० सिरिज खेलेपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ। त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ। अमेरिका भ्रमणमा पनि नेपालले लिग(२ को त्रिकोणात्मक सिरिज र टी(२० त्रिकोणात्मक सिरिज गरी दुई सिरिज खेल्नेछ।

लिग–२ को सिरिज अमेरिकाको टेक्सासस्थित ह्युस्टनको प्रिएरी भ्यूमा हुने तय भएको छ। सबै खेल अमेरिकाको स्थानीय समयअनुसार विहान १०ः३० र नेपाली समयअनुसार राति सवा १० बजे सुरु हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here