पहिलो महिला धितोपत्र ब्रोकर सुचीता खनालको निधन

काठमाडौं २१, काठमाडौं । धितोपत्र ब्रोकर सुचीता खनालको निधन भएको छ । उपचारको क्रममा मंगलबार नर्भिक हस्पिटलमा खनालको निधन भएको हो । उनी नेपालकी पहिलो महिला सेयर ब्रोकर हुन । उनी पूर्व सचिव रामेश्वर खनालकी श्रीमति हुन ।

उनी पछिल्लो १४ महिना देखि क्यान्सर रोगकी विरामी थिएन । उनको मृत्यूले नेपाली सेयर बजारमा ठूलो क्षति पुगेको ब्रोकरहरुले जनाएका छन् । उनले स्वेता सेक्यूरिटिज सञ्चालन गर्दै आएकी थिइन ।

अहिले पनि सेयर बजारमा महिला संख्या निकै कम रहेको अवस्थामा खनालले सुरु देखि नै पहिलो महिना ब्रोकरको रुपमा सेयर बजारमा संघर्ष गरेकी थिइन । उनकै प्रेरणाले अहिले सेयर बजारमा धेरै महिला भित्रिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here