स्नातक तह उतीर्णको प्रमाणपत्र मागेपछी भट्टराइले फिर्ता लिए प्रस्तावित राजदूतको सूचीबाट नाम

काठमाडौं । श्रीलंकाका लागि प्रस्ताव गरिएको राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उतीर्णको प्रमाणपत्र माग गरेपछी उनले नाम फिर्ता लिएका हुन् । उनले उक्त प्रमाणपत्र दिनुको सट्टा उनले राजदूतबाट नाम फिर्ता लिनु रहस्यको विषय बनेको छ । सुनुवाइ समितिले १६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गर्दा भट्टराईसँग भने स्नातक उतीर्ण भएको प्रमाणपत्र माग्ने निर्णय गरेको थियो ।

तर भट्टराईले आफूलाई ११ असोजसम्मको समय दिन समितिसँग माग गरेकोमा सभापति ईश्वरीदेवी न्यौपानेले थप समय दिन नसक्ने भन्दै आफैंले नाम फिर्ता लिने वा समितिले अस्वीकार गर्ने दुईवटा विकल्प मात्र रहेको जानकारी दिएकी थिइन् ।

भट्टराईले मंगलबार समितिमा आफूले नाम फिर्ता लिएको पत्र दर्ता गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here