चीनबाट आयात रोक्न बाइडेनको अर्को खेल, चिनियाँ सफ्टवेयरमाथि प्रतिबन्धको प्रस्ताव

अमेरिकाले आफूसँग सम्बन्ध राम्रो नभएका मुलुकबाट आउने गाडीको सफ्टवेयरको बिक्री तथा आयातमा रोक लगाउने तयारी गरेको छ । ह्वाइट हाउसले हालै एक वक्तव्य जारी गर्दै यस्तो नियम प्रस्ताव गरेको जानकारी दिएको हो ।

अमेरिकी वाणिज्य विभागको रिपोर्टका आधारमा बाइडेन प्रशासनले यस्तो कदम चालेको द भर्जले जनाएको छ । यो प्रस्ताव पारित भए चीनबाट अमेरिकामा गाडी आउन रोकिन सक्ने विश्लेषण गरिएको छ ।

बाइडन प्रशासनले चिनियाँ कम्पनीहरूले कनेक्टेड गाडीहरूमार्फत अमेरिकी ड्राइभरहरू र पूर्वाधारहरूको डाटा संकलन गर्नुका साथै इन्टरनेट र नेभिगेसन प्रणालीसँग जोडिएको सवारी साधनहरूको सम्भावित विदेशी हेरफेरको बारेमा गम्भीर चिन्ता व्यक्त गरेको छ। ह्वाइट हाउसले फेब्रुअरीमा सम्भावित खतराको अनुसन्धान गर्न आदेश दिएको थियो ।

यो प्रतिबन्धले चिनियाँ अटोमेकरहरूले अमेरिकी सडकमा सेल्फ ड्राइभिङ कारहरूको परीक्षण लाई रोक्नेछ। साथै रूस सहित अन्य अमेरिकी विदेशी प्रतिद्वन्द्वीहरूले उत्पादन गरेको वाहन सफ्टवेयर र हार्डवेयरमा विस्तार गर्नेछ।

वाणिज्य मन्त्री जिना राइमोन्डोले एक ब्रिफिङमा भनेकी छन्, ‘जब विदेशी प्रतिद्वन्द्वीहरूले गाडी बनाउनका लागि सफ्टवेयर निर्माण गर्छन्, यसको अर्थ यसलाई निगरानीका लागि प्रयोग गर्न सकिन्छ, यसलाई टाढाबाट नियन्त्रण गर्न सकिन्छ, जसले सडकमा अमेरिकीहरूको गोपनीयता र सुरक्षालाई खतरामा पार्छ।

यस्तो विषम परिस्थितिमा विदेशी शत्रुले संयुक्त राज्य अमेरिकामा सञ्चालित आफ्ना सबै सवारी साधनलाई एकैपटक बन्द गर्न वा नियन्त्रणमा लिन सक्छ, जसले गर्दा दुर्घटना हुन सक्छ, सडक अवरुद्ध हुन सक्छ’ विज्ञप्तिमा भनिएको छ।

यो कदमबाट संयुक्त राज्य अमेरिकाले चिनियाँ सवारी साधन, सफ्टवेयर र कम्पोनेन्टहरूमा जारी प्रतिबन्धमा बढावा दिएको बुझिन्छ । यसै महिनाको सुरुमा बाइडन प्रशासनले चिनियाँ आयातमा तीव्र कर वृद्धि गरेको थियो, जसमा विद्युतीय सवारी साधनमा १०० प्रतिशत करका साथै ईभी ब्याट्री र प्रमुख खनिजमा नयाँ वृद्धि समावेश थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here